ट्रेनले काटेर व्यक्तिको मृत्यु

अलिपुरद्वार : अलिपुरद्वार डीआरएम कार्यालय संलग्न इलाकामा ट्रेनले काटेर एकजना व्यक्तिको मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार बिहिबार बिहान स्थानीय मानिसहरूले रेलवे लाइनमा उक्त व्यक्तिको शव देखेपछि तत्कालै अलिपुरद्वार जङ्क्शन जीआरपीलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *