ट्रेनले काटेर तुफानगञ्जका फोटो पत्रकारको मृत्यु

कुचबिहार : तुफानगञ्जका फोटो पत्रकार गोपाल सरकारको हिजो राति दिनहाटाको भेटागुढीमा ट्रेनले काटेर मृत्यु भएको छ। तिनको मृत्युले पत्रकारिताको क्षेत्रमा शोकको लहर छाएको छ। प्राप्त जानकारी अनुसार धेरै दिन अघिदेखि गोपाल सरकारले फोटो पत्रकारको रूपमा काम गर्दै आइरहेका थिए। उक्त दुर्घटनापछि जीआरपीले तिनको शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *