ट्रेनमै गर्भवती महिलाले जन्माइन् नवजात शिशु

वीरभूमको रामपुरहाट रेलवे स्टेशनमा एउटी गर्भवती महिलाले प्रसव पीड़ा भएपछि ट्रेनमा नै नवजात शिशुलाई जन्म दिइन्। प्रसवपछि नवजात र आमा दुवैको रेलवे विभागले चिकित्सा गरेर मानवताको उदाहरण प्रस्तुत गरेको छ। प्राप्त जानकारी अनुसार असमको गुवाहाटीबाट हमसफर एक्सप्रेसमा सवार भएर उक्त गर्भवती महिला आफ्नो लोग्नेसँग बेङ्गलुरू गइरहेको समय आज बिहान लगभग तीन बजी मालदा स्टेशन पार गर्ने बित्तिकै चलिरहेको ट्रेनमा उक्त महिलालाई प्रसव पीडा भएपछि ट्रेनमै नवजात शिशुलाई जन्म दिइन्। उक्त ट्रेन रामपुरहाट स्टेशन पुगेपछि महिला र तिनको नवजात शिशुको चिकित्सा गरियो। महिलाको स्वास्थ्य खराब भएकोले रेलवे विभागको तत्परतामा तिनलाई रामपुरहाट मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *