ट्रेन तथा रेलवे स्टेशनमा चोरी र छिनताई गर्ने गुटका  6 जना पक्राउ

सिलगढी : सिलगढी जङ्क्शन आरपीएफ र जीआरपी-को टीमले चोरी तथा छिनताई गर्ने गुटका 6 जना सदस्यलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू हरियाणा निवासी अजय कुमार, सञ्जय कुमार, सत्यबन, राजबीर, बिजयन्दर र सन्दीप सामेल छन्। प्राप्त जानकारी अनुसार उक्त गुटले पश्चिम बङ्गालमा आफ्नो जाल बिछ्याएको छ। तिनीहरूले अलग-अलग रेलवे स्टेसनमा सह यात्री बनेर मानिसहरूलाई आफ्नो निशाना बनाउने गर्दछ। क्यापिटल, कञ्चनकन्या लगायत अन्य केही ट्रेनहरूमा चोरी तथा छिनताईको घटना निक्कै बढेकोले गर्दा यात्रीहरूलाई असुविधा भइरहेको छ। उक्त गुटसम्म पुग्न रेलवे पुलिसको लागि चुनौती बनेको थियो। आरपीएफ र जीआरपीले संयुक्त रूपमा मामिलाको जाँच शुरू गरेपछि जाँच अवधि स्टेशनको सीसीटीभी फुटेजको माध्यमद्वारा उक्त गुटको खुलासा भएको हो। गोप्य सूचनाको आधारमा हिजो आरपीएफ र जीआरपीको टीमले यात्रीको भेषमा अभियान चलाएर सिलगढी जङ्क्शन रेलवे स्टेशनबाट पहिला 6 जना मानिसलाई सन्देहको आधारमा हिरासतमा लिएर सोधखोज गरेपछि मामिलाको खुलासा भएको बताइएको छ। उक्त गुटले रेलवे स्टेशन र ट्रेनमा पहिला सह यात्री बनेर मानिसहरूसित कुरा गरेर आफ्नो जालमा फसाउने गर्दथ्यो। त्यसपछि मौका हेरेर ती यात्रुहरूलाई लुट्ने गर्दथे। जाँच अवधि आरपीएफ र जीआरपी-को टीमले तिनीहरूबाट केही ब्याग र सामग्रीहरू उद्धार गरेको छ। पुलिसले घटनाको जाँच सुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes