ट्रेलर अनियन्त्रित भएर पल्टियो नालामा

फूलबारी (निसं):  फलामको सामान बोकेको एउटा ट्रेलर  अनियन्त्रित भएर सडकको किनारमा पल्टियो। उक्त घटना शुक्रवार बिहान सिलगढी-जलपाईगढी राष्ट्रीय राजमार्ग अन्तर्गत जोटियाकाली संलग्न इलाकामा भएको हो। प्राप्त जानकारी अनुसार आज बिहान एउटा ट्रेलर फुलबारीबाट जलपाईगढी तर्फ गइरहेको थियो। यसै अवधि जोटियाकाली संलग्न इलाकामा अचानक ट्रेलर अनियन्त्रित भएर सडक किनारको नालीमा पल्टियो।


 तथापि, उक्त घटनामा कसैलाई पनि कुनै प्रकारको चोट पटक नलागेको बताइएको छ।  घटनाको खबर पाएर फूलबारी हाईवे ट्राफिक पुलिस घटनास्थलमा पुगेर सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *