त्रिकोण प्रेम सम्बन्ध: लोग्नेको शव छोडेर भाग्यो स्वास्नी, जाँचमा जुट्यो पुलिस

खोरीबारी : त्रिकोण प्रेम सम्बन्ध। खोरीबारीको फुलबारी चियाकमानको खाललाइनमा लोग्नेको शव घरमा छोडेर स्वास्नी भागेको घटना प्रकाशमा आएको छ। मृतक व्यक्ति 25 वर्षीय शङ्कर बोइगाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले घरभित्र शङ्कर बोइगाको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर खोरीबारी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। गाउँलेहरूको आरोप अनुसार शङ्करको एकजना साथीसित तिनको स्वास्नीको अवैध सम्बन्ध रहेकोले लोग्नेको हत्या गरेपछि साथीसित स्वास्नी भागेको हुनसक्ने गाउँलेहरूले अनुमान लगाएका छन्। तथापि, हत्या तथा आत्महत्या भन्ने विषयमा खोरीबारी थाना पुलिसले जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *