तृणमूल छोड़ेर 200 जना भाजपामा सामेल

सिलगढी : सिलगढी नगर निगम चुनाउ भन्दा ठीक अघि 200 जना मानिसहरू तृणमूल कांग्रेस छोडेर भाजपामा सामेल भएका छन्। पूर्व टीएमसी नेताहरू क्रमैले काजल दास र गंगू मलिकको नेतृत्वमा आज तिनीहरू भाजपामा सामेल भएको बताइएको छ। पार्टी सूत्रले दिएको जानकारी अनुसार, सिलगढी हाँशमी चौकमा पार्टी कार्यालयमा आयोजित एउटा कार्यक्रमबीच भाजपा जिल्ला अध्यक्ष प्रबीन अग्रवालले तिनीहरूलाई पार्टीको झण्डा प्रदान गरेर भाजपामा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *