तृणमूलबाट निष्कासित सिलगढीका नेता विकास सरकार भाजपा-मा सामेल

सिलगढी (निसं): सिलगढी नगर निगम चुनाउ अवधि तृणमूल कङ्ग्रेसबाट निष्कासित गरेका नेता विकास सरकारले आज भाजपाको झन्डा समाते। सिलगढीका विधायक शंकर घोष, विधायक आनन्दमय बर्मन लगायत अन्य नेताहरूले विकास सरकारलाई भाजपा पार्टीको  झन्डा प्रदान गरेर तिनलाई पार्टीमा स्वागत जनाए। स्मरण रहोस, गत सिलगढी नगर निगम चुनाउमा टिकट नपाएपछि विकास सरकारले सिलगढीको 24 नम्बर वार्डबाट निर्दलीय उम्मेदवारको रूपमा चुनाउ लड़ेका थिए। यसपछि तिनलाई तृणमूल पार्टीबाट निष्कासित गरेको थियो। गत केही दिन अघि नै तिनले आफु बाजमामा सामेल हुने घोषणा गरेका थिए। यसपछि आज तिनले भाजपाको झन्डा समाते। भाजपामा सामेल भएपछि विकास सरकारले भने, समाज सेवा नै मेरो मुल मन्त्र हो। जहाँ राम्रो मञ्च पाउँछ, त्यहींबाट समाज सेवाको कार्य गर्नेछु। अर्कोतिर, विधायक आनन्दमय बर्मनले भने, विकास सरकार भाजपामा सामेल भएपछि सिलगढीमा हाम्रो संगठन अब अझ दह्रिलो हुनेछ। विकास सरकारलाई पनि पार्टीले कामको अवसर दिइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *