तृणमूल-भाजपालाई रोक्न वाम-कङ्ग्रेसमाझ आसन सम्झौतामा सहमति

सिलगढी: सिलगढी महकुमा परिषद चुनाउमा भाजपा-तृणमूल कङ्ग्रेसलाई पराजित गर्नको लागि गठबन्धन नभए तापनि वाम-कङ्ग्रेसमाझ आसन समझौतामा सहमति भएको छ। दुवै पार्टीले आ-आफ्नो नामाङ्कन पत्र बुझाएपछि जीवेश सरकार र शंकर मालाकारले आज यस प्रकारको जानकारी दिएका छन्। प्राप्त जानकारी अनुसार हिजो मंगलवार कङ्ग्रेसको तर्फबाट दुईजना उम्मेदवारले नामाङ्कन बुझाएका थिए भने आज चार जना उम्मेदवारहरूले आ-अपनो नामाङ्कन पत्र भरेका छन्। यसको साथै भोली बिहिवार अझ दुईजना उम्मेद्वारले नामाङ्कन भर्नेछन्। यसरी हेर्दा कङ्ग्रेसले मोठ 8 सीटमा उम्मेदवार चुनाउ मैदानमा उतार्ने भएको छ। यसैगरी, वाम दलले पनि 8 आसनमा आफ्नो उम्मेद्वार उतार्ने भएको छ। वाम दल सूत्रले बताए अनुसार आज 8 मध्ये 7 जना उम्मेदवारहरूले नामाङ्कन दर्ता गरेका छन्। अझ एकजना उम्मेद्वारले भोली नामाङ्कन बुझाउने छ।  यसबारे दार्जिलिङ जिल्ला वाम मोर्चाका संयोजक जिवेश सरकारले भने, कुनै गठबन्धन गरिएको छैन। आसन समझौताले गर्दा तृणमूल र भाजपाको पराजय हुनेछ। भोट बाँडिएर तृणमूल र भाजपा उम्मेद्वारलाई फाइदा पुगोस् भन्ने वामफ्रन्टले चाहँदैन। अर्कोतिर शंकर मालाकारले भने, तृणमूल-भाजपालाई पराजित गर्नको लागि यदि आवश्यक पऱ्यो भने कङ्ग्रेसले सीपीएम-को लागि अझ दिई वटा आसन छोडीदिने छ। पुरानो सिलगढी मडललाई जारी राखियो भने तृणमूल-भाजपाको पराजय सम्भव छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *