तृणमूल विधायक उदयन गुहको बयानलाई लिएर जनाधिकार मञ्चको आपत्ति

कालेबुङ : दिनहाटाका तृणमूल विधायक उदयन गुहले “अलग राज्य माग्नेहरु घुडा विहिन फर्कनेछन् ” भनेर दिएको बयानको हाल दार्जिलिङ पहाड क्षेत्रमा व्यापक विरोध भइरहेको छ। यसै क्रममा एउटा संवैधानिक पदमा बसेका जिम्मेवार व्यक्तिले त्यस्तो वक्तव्य दिनु भनेको चहीं तिनीहरुको हामी छुट्टै राज्य माग्नेहरू विरुद्ध कतिको नीच सोंच राख्दो रहेछ भनेर बुझाउँछ भन्दै तिनको उक्त बयानको जनाधिकार मञ्चले घोर विरोध जनाउँदै कडा शब्दमा आलोचना गरेको छ।


जनाधिकार मञ्चका मुख्य संयोजक तोपदेन भोटियाले एउटा विज्ञप्ति जारी गरेर छुट्टै राज्य प्रेमीहरू यस्तो घडीमा सबै एकसाथ भएर एकै स्वरमा यस्तो बयानको शान्तिमय ढङ्गमा खण्डन गरिदिने सबै संघ संस्थाहरूलाई अपील गरेका छन्। तिनले विज्ञप्तिमा अझ भनेका छन्, तिनको पार्टीले पहाडको केही नेताहरू किने पनि छुट्टै राज्यप्रेमी जनता किन्न सकेको छैन। जब-जब तिनी जस्तो मानसिकता भएको व्यक्तिले हाम्रो पहाडको राजनैतिक परिस्थिति हेरेर यस्तो बयान जारी गर्छ, जनाधिकार मञ्च यस्तो बयानको विरुद्ध सदैव शान्तिमय ढङ्गमा निर्भिकताको साथमा उभिने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *