तृणमूल छात्र परिषद-द्वारा सिलगढीमा ‘क्षमा गर्नुहोस् नेताजी’ कार्यक्रम

सिलगढी : नेताजी सुभाषचन्द्र बोसलाई अपमान गरेको आरोप लगाउँदै दार्जिलिङ जिल्ला तृणमूल छात्र परिषदका सदस्यहरूले आज सिलगढीको सुभाषपल्लीमा नेताजी सुभाषचन्द्र बोसको सालिग मुनि क्षमा गर्नुहोस् नेताजी (क्षमा करो नेताजी) कार्यक्रमको आयोजना गर्यो। स्मरण रहोस्, गत 23 जनवरी सुभाष चन्द्र बोसको जन्मदिनको अवसरमा कोलकाताको भिक्टोरिया मेमोरियलमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले नेताजीबारे आफ्नो वक्तव्य दिन जाँदा जय श्री रामको नारा लगाएर नेताजीको अपमान गरेको दार्जिलिङ जिल्ला तृणमूल छात्र परिषदका सदस्यहरूको आरोप रहेको छ। नेताजीको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा बाहिरबाट आएकाहरूले नेताजी सुभाषचन्द्र बोसको अपमान गरेको आरोप लगाउँदै उक्त घटनाको प्रतिवाद जनाएर आज तृणमूल छात्र परिषद् द्वारा क्षमा गर्नुहोस् नेताजी कार्यक्रमको आयोजना गरेको बताइएको छ। तृणमूल छात्र परिषदका सदस्यहरूले आज नेताजीको खुट्टा छोएर तिनीसित क्षमा याचना मागे। यस अवसरमा तृणमूल नेता वेदव्रत दत्त, दार्जिलिङ जिल्ला तृणमूल छात्र परिषद्का सभापति निर्णय राय लगायत अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *