तृणमूल छात्र परिषदद्वारा सिलगढी कलेजमा आसन संख्या बढ़ाउने माग

सिलगढी : उच्च माध्यमिक परीक्षा उत्तीर्ण गरे तापनि केही विद्यार्थीहरूले कलेजमा सीटको कमीले गर्दा कलेजमा भर्नाको लागि समस्याको सामना गर्न परिरहेको छ। यसैले तृणमूल छात्र परिषदले सिलगढी कलेजमा सीटको संख्या बढ़ाउने विषयलाई लिएर आवाज उठाएको छ। तृणमूल छात्र परिषदका सदस्यहरूले सिलगढी कलेज अघि विरोध प्रदर्शन गर्दै कलेजका अध्यक्षलाई सीट संख्या बढ़ाउने माग गरेका छन्। तृणमूल छात्र परिषदका नेता अभिजीत ब्यानर्जीले भने, केही विद्यार्थीहरूको हालसम्म कलेजमा भर्ना भएको छैन। अन्य कलेजहरूमा सीटको संख्यामा वृद्धि गरेको छ। यसैले सिलगढी कलेजमा पनि सीटहरूको संख्या बढ़ाउने आफूहरूको माग रहेको तिनले बताए। अर्कोतिर, कलेजका अध्यक्ष सुजीत घोषले सिलगढी कलेजमा भर्ना प्रक्रिया शुरू भएपछि 315 सीट बढ़ाइएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *