तृणमूल छात्र परिषदद्वारा सिलगढी कलजेका प्रिन्सिपललाई ज्ञापन

सिलगढी : कोरोना परिस्थितिले गर्दा गत दुई वर्षदेखि बन्द रहेको शिक्षा प्रतिष्ठानहरू हाल खोलिएको छ। तर कलेजका प्राध्यापकहरूले छुट्टी लिइने गरेकोले गर्दा विद्यार्थीहरूलाई निक्कै असुविधा भइरहेको छ। यसैले चाँडै तिनीहरूको छुट्टी रद्द गरेर शिक्षा प्रतिष्ठानहरू स्वाभाविक राख्ने माग गर्दै आज तृणमूल छात्र परिषद्ले सिलगढी कलजेका प्रिन्सिपललाई एउटा ज्ञापन पत्र चढाएको बताइएको छ। संगठनका सदस्यहरूले आज सिलगढी कलेज परिसरमा विक्षोभ प्रदर्शन पनि गरे। संगठनका महासचिव अभिजीत बन्दोपाध्यायले बताएअनुसार प्राध्यापकहरूको अभावमा कलेजको क्लासमा बाधा सृष्टि भइरहेकोले गर्दा आज तृणमूल छात्र परिषदको तर्फबाट कलेजका प्रिन्सिपल डा. सुजीत घोषलाई ज्ञापन पत्र चढाएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *