तृणमूल छात्र परिषद नक्सलबारी ब्लक 2 कमिटी पुनर्गठन

नक्सलबारी : संगठनलाई अझ बलियो बनाउने तथा आगामी कार्यक्रमलाई सफल बनाउने उद्देश्य लिएर तृणमूल छात्र परिषद नक्सलबारी ब्लक 2 कमिटी पुनर्गठन गरियो। तृणमूल छात्र परिषद नक्सलबारी ब्लक 2 कमिटी अध्यक्ष शुभम घोषले ब्लक 2 कमिटी पुनर्गठन गरिएको छ जसमा उपाध्यक्ष मोहम्मद आरिफ, सचिव मोहम्मद जहाँगीर इस्लाम, महासचिव आयन भवाल, रिमी दास तथा किरण ठाकुरलाई सर्वसम्मतिले चयन गरिएको छ। यसैगरी, रिसभ सरकार, अरुण शर्मा, ऋतु चक्रवर्ती, डालिया घोष, सीमा दास, अरिन्दम घोष तथा रोहित पाललाई कमिटीको सदस्यका रूपमा चयन गरिएको तिनले बताए। संगठनलाई अज बलियो बनाउने तथा आगामी कार्यक्रमलाई सफल तुल्याउन आवश्यक कदम उठाउने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *