तृणमूल छात्र परिषदद्वारा परीक्षार्थीहरूलाई पानी र कलम वितरण

सिलगढी : सूर्यसेन महाविद्यालयको तृणमूल छात्र परिषदको तर्फबाट आज उच्च माध्यमिक परीक्षार्थीहरूलाई परीक्षीको शुभकामना दिनको साथै कलम र पिउने पानी वितरण गरियो। तृणमूल छात्र परिषदले मोठ 5 सय परीक्षार्थीहरूलाई कलम र पिउने पानी वितरण गरे। अर्कोतिर, सिलगढी मुन्शी प्रेमचन्द कलेजको तृणमूल छात्र परिषदको तर्फबाट पनि सिलगढी महानन्दा विद्यामन्दिर विद्यालय नजिक उच्च माध्यमिक परीक्षार्थीहरूलाई शुभकामना दिँदै कलम र पिउने पानी वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *