तृणमूल छोडेर 150 जना भाजपामा सामेल

सिलगढी : तृणमूल कङ्ग्रेस छोडेर 150 जना आज भाजपामा सामेल भएका छन्। प्राप्त जानकारीअनुसार एनजेपी स्टेसन संलग्न भाजपा 6 नम्बर मण्डल कमिटीले आज एउटा कार्यक्रमको आयोजना गरेर मोठ 150 जना सदस्यहरू तृणमूल श्रमिक संगठन छोडेर भाजपामा सामेल भएका छन्। भाजपा सिलगढी सांगठनिक जिल्ला सभापति प्रवीण अग्रवाल, जयदीप नन्दी लगायत अन्य नेतृत्वहरूले ती सामेलहुनेहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *