तृणमूल छोड़ेर एक सयजना भाजपामा सामेल

सिलगढी : सिलगढी नगरनिगमको 36 नम्बर वार्डका 1 सयजना सदस्यहरू तृणमूल पार्टी छोड़ेर भाजपामा सामेल भएका छन्। एउटा कार्यक्रमबीच भाजपा 7 नम्बर मण्डल युवा अध्यक्ष किरण घोषले 1 सयजना नयाँ समर्थकहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा सामेल गराए। यस अवधि भाजपा युवा मोर्चाका जिल्ला अध्यक्ष कञ्चन देवनाथ, युवा मोर्चाका जिल्ला महासचिव सौरभ सरकार र विक्रमादित्य मण्डल उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *