तृणमूल कांग्रेस विधानसभा कमिटीद्वारा कर्मी सभाको आयोजना

कुचबिहार : कुचबिहार जिल्ला तृणमूल कांग्रेस विधानसभा कमिटी अन्तर्गत कुचबिहार शहरको उत्सव अडिटोरियम हलमा कर्मी सभाको आयोजना गरियो। यस कर्मी सभामा मुख्यरूपले आउँदो विधानसभा चुनाउलाई केन्द्र गरेर तृणमूल कांग्रेसद्वारा बनाइएको “बांग्ला गौरव ममता” कर्मसूचीबारे आलोचना गरियो। उक्त सभामा नगरपालिका स्तरबाट चाँडै पाँचजना कर्मीहरू चयन गरेर पठाउने निर्देश जिल्लाका नेताहरूलाई दिएको छ। तृणमूल कांग्रेस कर्मीले चयन गरेर दिएको नाम अनुसार उम्मेद्वारको घोषणा गरिने बताइएको छ। यसबाहेक अन्य विषयमा पनि सभामा चर्चा-परिचर्चा गरियो। यस कर्मी सभामा मुख्य वक्ताको रूपमा तृणमूल कांग्रेसका राज्य अध्यक्ष सुब्रत बख्शी, उत्तर बङ्गाल विकास मन्त्री रविन्द्रनाथ घोष, जिल्ला तृणमूल कांग्रेसका अध्यक्ष विनय कृष्णा बर्मन लगायत विधान सभाका विधायक, तृणमूल कांग्रेस विधानसभा अन्तर्गत गठित कमिटीका सदस्यगण उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *