तृणमूल कङ्ग्रेसद्वारा मध्यरातमा स्वतन्त्रता दिवस पालन

सिलगढी : दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसको तर्फबाट मध्यरातमा स्वतन्त्रता दिवस पालन गरियो। यस अवसरमा हिजो साँझदेखि सिलगढीको कञ्चनजङ्घा स्टेडियमको मेला ग्राउन्डमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरियो। स्थानीय कलाकार लगायत सेनाको एउटा विशेष ब्यान्डले कार्यक्रम प्रस्तुत गरे। गत राति 12 बजी मेयर गौतम देवले राष्ट्रिय झण्डा उत्तोलन गरे। यसको साथै पटेकाहरू पड्काएर स्वतन्त्रता दिवस पालन गरियो। यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका नेतृत्वहरू लगायत कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *