तृणमूल कङ्ग्रेसद्वारा असहाय परिवारलाई खाद्य तथा आर्थिक सहयोग

राजगञ्ज : फुलबारी 2 नम्बर ग्राम पञ्चायतको जोरपाकरी गाउँ निवासी साईफुल इस्लाम पेशाले राजमित्री हुन्। तर केही दिन अघि काममा गइरहेको समय गोरामोडमा तिनी सडक दुर्घटनामा परेर गम्भीर रूपमा घाइते भएपछि हाल उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा तिनको उपचार चलिरहेको छ। साईफुल इस्लामको परिवारमा स्वास्नी, नानी, बाबु-आमा छन् भने परिवारको भरण पोषण गर्ने तिनी एकमात्र सदस्य रहेकोले हाल परिवारका सदस्यहरूले समस्याको सामना गर्न परिरहेको छ।

यसैले आज डाबग्राम-फुलबारी विधानसभा क्षेत्रको तृणमूल ब्लक कमिटीको तर्फबाट उक्त असहाय परिवारलाई खाद्य सामग्री लगायत केही आर्थिक सहयोग प्रदान गरियो। यस अवसरमा तृणमूल कङ्ग्रेसका ब्लक अध्यक्ष देवाशीष प्रमाणिक, ए ब्लक सह अध्यक्ष मतीन चन्द्र राय, ग्राम पञ्चायत प्रधान दिलीप राय, कलाउद्दीन मोहम्मद, युवा अध्यक्ष विप्लब सिंह उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetgrandpashabetmobilbahisjojobetStarzbetStarzbetkargabetgrandpashabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetcasinomilyonmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinoesbet girişcasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetgrandpashabet girişjojobetcasibomkralbet Built with ❤︎ by appycodes