तृणमूल कङ्ग्रेसद्वारा फुलबारीमा देवाल लेखन शुरू

राजगञ्ज : डाबग्राम एवम् फुलबारीका विधायक गौतम देवले आउँदो विधानसभा चुनाउको लागि आजदेखि देवाल लेखन मार्फत् चुनाउ प्रचार गरे। डाबग्राम फुलबारी ब्लक तृणमूल कङ्ग्रेस कमिटीको पहलमा फुलबारी 2 नम्बर ग्राम पञ्चायतको चुनाभट्टी इलाकामा बाङ्ग्ला निजेर मेये केई चाई-को नारा उल्लेख गर्दै देवाल लेखन शुरू गरियो। यस अवसरमा विधायक तथा तृणमूल नेता गौतम देव प्रमुख रूपमा उपस्थित थिए। फुलबारी 2 नम्बर ग्राम पञ्चायतको चुनाभट्टी इलाकामा आजदेखि देवाल लेखन शुरू गरिएको साथै आफ्नो कार्यकर्ताहरूले विधानसभा चुनाउको मिति घोषणा हुन अगावै विभिन्न ठाउँहरूमा देवाल लेखन तथा पोस्टरिङ लगाउने कार्य शुरू गरिसकेको गौतम देवले बताए। गत 10 वर्षदेखि साधारण मानिसहरूको दुःखको समयमा आफू सदैव अघि रहेको साथै आगामी दिनमा पनि तिनीहरूको साथमा रहने तिनले बताए। कुनै झै-झगडा नभई शान्तिपूर्ण ढङ्गमा विधानसभा चुनाउ सम्पन्न होस् भन्ने आफ्नो चाहना रहेको तिनले बताए। यस अवसरमा जलपाईगढी जिल्ला परिषद्का सदस्य देवाशीष प्रामाणिक, फुलबारी 2 नम्बर ग्राम पञ्चायतका प्रधान दिलीप राय, अञ्चल सभापति रबिउल करिम लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetmaltbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes