तृणमूल कांग्रेस-द्वारा नक्सलबारीमा बङ्ग ध्वनि यात्राको आयोजना 

नक्सलबारी : नक्सलबारीमा  तृणमूल कांग्रेसको तर्फबाट बङ्ग ध्वनि कार्यक्रम अन्तर्गत पद यात्रा निकालिइयो। बङ्ग ध्वनि यात्रामा तृणमूल कांग्रेसका नक्सलबारी खण्ड अध्यक्ष पृथ्विस राय, युवा खण्ड अध्यक्ष अरुण घोष, महासचिव अभय विश्वास, अञ्चल उपाध्यक्ष सुशान्त गोस्वामी, वीरेन सरकार लगायत स्थानीय कार्यकर्ताहरू उपस्थित थिए। बङ्ग ध्वनि यात्राले नक्सलबारीको विभिन्न मार्गको परिक्रमा गर्यो। उक्त यात्रा अवधि स्वास्थ्य साथी, जाति प्रमाण पत्र, शिक्षाश्री, जय जौहार, बन्धुश्री, कन्याश्री, रूपश्री, मनरेगा लगायत अन्य योजनाहरूबारे मानिसहरूलाई विस्तृत रूपमा जानकारी गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *