तृणमूल कांग्रेसद्वारा राजगञ्जमा बंगध्वनि यात्राको आयोजना

राजगञ्ज तृणमूल कांग्रेसको तर्फबाट आज राजगञ्जको साहुडाङ्गीमा बंगध्वनि यात्राको आयोजना गरियो। बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत पर्ने साहुडाङ्गी बजार र नेपाली बस्तीमा उक्त यात्राको आयोजना गरियो। जलपाईगढी जिल्लाको एससी-एसटी-ओबीसी सेलका अध्यक्ष कृष्णा दासको उपस्थितिमा उक्त यात्रा शुरू गरेको थियो भने उक्त यात्रामा धेरै संख्यामा कार्यकर्ता तथा समर्थकहरूले अंश ग्रहण गरेका थिए। स्मरण रहोस्, राज्य सारकारद्वारा गत 10 वर्षमा गरिएको सबै विकासमूलक कार्यहरूको एउटा रिपोर्ट तयार गरेको छ। उक्त रिपोर्ट कार्ड साधारण मानिसहरूसमक्ष पुर्‍याउने उद्देश्य लिएर बंगध्वनि यात्राको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *