तृणमूल कङ्ग्रेसद्वारा सिलगढीको 28 नम्बर वार्डका छठव्रतीहरूलाई न्यानो लुगाफाटा वितरण

सिलगढी : सिलगढी नगरनिगमको 28 नम्बर वार्डमा तृणमूल कङ्ग्रेसको तर्फबाट छठव्रतीहरूलाई न्यानो लुगाफाटा वितरण गरियो। उक्त वार्डको प्राणकृष्ण कोलनीको लगभग 150 जना छठव्रतीहरूलाई प्राशसक गौतम देव, प्रशासक बोर्डका सदस्य रञ्जन सरकार, वार्डका पूर्व काउन्सिलर शर्मिला दास लगायत युवा तृणमूल कङ्ग्रेसका सदस्यहरूले न्यानो लुगाफाटा वितरण गरे। यस अवसरमा रञ्जन सरकारले तृणमूल कङ्ग्रेसको तर्फबाट छठव्रतीहरूलाई पुजाको केही आवश्यकीय सामग्री वितरण गरिरहेको साथै नगरनिगमको सबै वार्डहरूमा यस प्रकारको कार्य गरिरहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *