तृणमूल कांग्रेसका शीर्ष नेताहरूसित मन्त्री देवले गरे जलपाईगढीमा बैठक

जलपाईगढी : तृणमूल कांग्रेस पार्टीमा कुनै भेदभाव नरहेको साथै पार्टीबाट कसैलाई निष्कासित नगरिने किनभने पार्टीमा सबैको आवश्यकता रहेको कुरा कोर कमिटीको बैठकमा आज उत्तरबंग कोर कमिटीका चेयरम्यान तथा मन्त्री गौतम देवले बताए। मन्त्री गौतम देवले आज जलपाईगढीको सर्किट हाउसमा तृणमूल कांग्रेसका केही शीर्ष नेताहरूसित एउटा महत्वपूर्ण बैठक गरे। उक्त बैठकमा जलपाईगढी जिल्ला तृणमूलका पूर्व सभापति सौरभ चक्रवर्ती, वर्तमान सभापति किषान कल्याणी, अलिपुरद्वारका सभापति मृदुल गोस्वामी, मेन्टर मोहन शर्मा लगायत अन्य केही शीर्ष व्यक्तिहरू उपस्थित थिए। आज दुई जिल्लाका सभापतिलाई लिएर उक्त बैठक गरिएको साथै अलिपुरद्वारको को-अर्डिनेशनमा कुनै आपसी समस्या नरहेको मन्त्री देवले बताए। यसको साथै जलपाईगढी जिल्ला तृणमूल कांग्रेसमा केही समस्या रहेको अनि यसबारे आगामी दिनमा फेरि बैठक गरिने तिनले जनाकारी गराए। आजको बैठकको एउटा रिपोर्ट तृणमूल नेत्रीलाई पनि पठाइने भएको पार्टी सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *