तृणमूल कङ्ग्रेसका चेयरम्यान एलबी राई सहित सभासदहरू आज साँझ कोलकता प्रस्थान गर्ने

मिरिक (निसं): तृणमूल कङ्ग्रेसको आयोजनामा आगामी 21 जुलाई कोलकताको ब्रिगेडमा सम्पन्न हुने जनभेलामा सहभागी बन्न मिरिक महकुमा अन्तर्गत 6 वटा ग्राम पञ्चायत अनि नगरपालिका क्षेत्रका 60 जना तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरू आज मंगलबार साँझ कोलकता प्रस्थान गर्ने भएका छन्। तृणमूल कङ्ग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्रीले यसबारे जानकैरी दिँदै भने, आगामी 21 जुलाईको ब्रिगेड भेलामा सहभागी हुन जानेहरू आज बिहान सबैजना पानीघट्टामा भेला भएपछि एनजेपीबाट साँझ रेलमार्फत कोलकाता जानेछन।बिग्रेड भेलामा सहभागी बन्न जानेहरूमा हिल्स तृणमूल कङ्ग्रेस चेयरम्यान एलबी राई, तृणमूलका सभासदहरू मिलेस राई, धुर्ब बमजन र परेश तिर्की लगायत सभासद अरूण सिग्ची पनि आज नै कलकत्ता प्रस्थान गर्ने जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet