तृणमूल कांग्रेसको दुई समूहमाझ झगड़ा

कुचबिहार: कुचबिहार जिल्लाको दिनहाटा नायरहाट इलाकामा तृणमूल कांग्रेसको दुई गुटमाझ आपसी झगड़ा भएको मामिला प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार उक्त झगड़ामा तृणमूल कांग्रेसको पार्टी कार्यालय तोड़फोड़ हुनको साथै लगभग आधा दर्जन बाइकमा आगो लगाइ दिएको छ। यस घटनामा तृणमूल कांग्रेसका दुईजना कार्यकर्ता घाइते भएको बताइएको छ। हाल घाइतेहरूको उपचार दिनहाटा महकुमा अस्पतालमा चलिरहेको छ। अर्कोतिर, तृणमूल कांग्रेसका जिल्ला स्तरीय नेताहरूले आपसी सङ्घर्षको घटनालाई गलत रहेको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *