तृणमूल कांग्रेसको कारणले बिमल गुरुङ विस्थापित भएको हो, भाजपाले होइन : राजु विष्ट

सिलगढी: दार्जिलिङका भाजपा सांसद राजु बिष्ट आफ्नो सांसदीय क्षेत्र भ्रमणको निम्ति आज विमानमार्फत बाघडुग्रा हुँदै आइपुगेका छन्। यस अवसरमा आज भाजपा कार्यकर्ताहरूले बाघडुग्रा विमानस्थलमा तिनलाई भव्य रूपमा स्वागत जनाए। बाघडुग्रा विमानस्थलमा पत्रकारहरूसितको छोटो कुराकानीमा सांसद तथा भाजपा केन्द्रीय प्रवक्ता राजु बिष्टले तृणमूल कांग्रेसको कारणले गर्दा गोजमुमो अध्यक्ष बिमल गुरुङ विस्थापित भएको हो, भाजपाको कारणले होइन भनी बताए। यसको साथै दार्जिलिङ तराई-डुवर्सका मानिसहरूको लागि भाजपाले आफ्नो चुनाउ संकल्प पत्रमा उल्लेख गरिएको आफ्नो वाचा अवश्यै पुरा गर्ने दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *