तृणमूल कङ्ग्रेसको मध्यरात्रि स्वतन्त्रता दिवस कार्यक्रम रद्द

सिलगढी : कोरोना महामारीलाई ध्यानमा राखेर तृणमूल कङ्ग्रेसको मध्यरात्रि स्वतन्त्रता दिवस कार्यक्रम रद्द गरिएको छ। प्रत्येक वर्ष तृणमूल कङ्ग्रेसको तर्फबाट 14 अगस्तको साँझ सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने गरेको साथै राति 12 बजेपछि झण्डा फहराउने गर्दथ्यो। तर यस वर्ष सिलगढीमा राज्य नेतृत्वहरूको निर्देशमा उक्त कार्यक्रम रद्द गरिएको छ। सिलगढीको कञ्चनजङ्घा स्टेडियमको मेला ग्राउण्डमा पण्डाल बनाए तापनि 15 अगस्तसम्म राति 9 बजीदेखि कर्फ्यू रहेकोले यस्तो स्थितिमा कार्यक्रम रद्द गरिदिएको छ। आज दार्जिलिङ जिल्ला तृणमूल अध्यक्ष रञ्जन सरकारले प्रत्येक वर्ष स्वतन्त्रता दिवसको एकदिन अघि एउटा कार्यक्रमको आजोजना गर्ने गरे तापनि यस वर्ष उक्त कार्यक्रम रद्द गरिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *