तृणमूल कङ्ग्रेसले चुनाउ प्रचारको लागि प्रशासनको दुरूपयोग गरिरहेको छ: शङ्कर मालाकार

सिलगढी : कङ्ग्रेस नेता शङ्कर मालाकारले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर भने, तृणमूल कङ्ग्रेसले चुनाउ प्रचार अवधि नियमहरूको उल्लङ्घन गरिरहे तापनि राज्यका मन्त्रीहरूले तिनीहरूलाई पूर्ण समर्थन दिइरहेको तिनले आरोप लगाए। तिनले अझ भने, सबै विपक्षी राजनीतिक दलहरूले 7-8 दिनसम्म प्रशासनको चक्कर लगाए तापनि तिनीहरूलाई बैठक तथा र्‍यालीहरू निकाल्ने अनुमति दिएन। सिलगढीका मानिसहरूले सदैव कङ्ग्रेसलाई समर्थन गरेको छ भन्दै तिनले सिलगढी नगरनिगम चुनाउमा कङ्ग्रेस पार्टीले जीत हासिल गरेर बोर्ड गठन गर्ने दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *