तृणमूल कांग्रेसले दार्जिलिङ पहाडको स्थायी समस्या समाधान गर्ने : ममता ब्यानर्जी

जलपाईगढी : आउँदो 2021-को विधानसभा चुनाउलाई केन्द्र गरेर तृणमूल कांग्रेसद्वारा जलपाईगढीको एबीपीसी मैदानमा आयोजना गरेको जनसभामा तृणमूल नेत्री तथा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी प्रमुख रूपमा उपस्थित थिइन्। तिनले जनसभालाई सम्बोधन गर्दै विशेष गरेर भाजपाको खोइरो खने। दार्जिलिङ पहाडको सन्दर्भमा बोल्दै तिनले भनिन्, तृणमूल कांग्रेसले दार्जिलिङ पहाडको स्थायी राजनैतिक समस्याको चाँडै समाधान गर्नेछ तर भाजपाले पहाडको निम्ति कहिले केही नगरिदिने दावी गरिन्। तिनले अझ भनिन्, गत लोकसभा चुनाउ प्रचार अवधि यदि भाजपाले जित्यो भने डुवर्सको बन्द अवस्थामा रहेको 7 वटा चियाकमान खोलिदिन्छु भनेर वचन दिए तापनि चुनाउ जितेर हालसम्म एउटा पनि कमान खोलिएको छैन। तिनले उत्तर बंगालमा विभिन्न जनजातिका मानिसहरूको विकास, राय साहब मनिषी ठाकुर पञ्चानन बर्मा, अब्बासउद्दीन साहेब, नारायणी बटालियन लगायत अन्य विभिन्न परियोजनाबारे उपस्थित पार्टीका कार्यकर्ताहरूलाई विस्तृत रूपमा बताइन्। यसको साथै तिनले अलिपुरद्वार विश्वविद्यालयको स्थापना गर्ने, राज्य पुलिस नारायणी बटालियनको गठन गरिने घोषणा पनि गरिन्। भाजपाले बाहिरबाट दुष्कृतिहरू ल्याएर बंगालमा हिंसा फैलाएर चुनाउ जित्न चाहेको तिनले आरोप लगाइन्। एनआरसी, एनपीआरलाई लिएर तिनले भाजपा तथा केन्द्र सरकारको खोइरो खने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetperabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes