तृणमूल कङ्ग्रेसले तेस्रोपल्ट सरकार गठन गर्ने सांसद शान्ता छेत्रीको ठोकुवा

खरसाङ : पश्चिम बंगाल राज्य सरकारले दश वर्षको अवधिमा राज्यभरिनै धेरै विकासका कार्यहरू गरेको औ त्यसको रिपोर्ट कार्ड प्रत्येक राज्यवासीको घर-घरमा पुर्या इ सकेको दावी राज्यसभा सांसद शान्ता छेत्रीले गरेकी छन्। मानिसहरूलाई जन्मदेखि मृत्यु भएसम्म तृणमूल सरकारले राज्यवासीलाई भरपूर साहुलियत र सुविधाहरू प्रदान गरेको जनाउँदै यसैको फलस्वरुप तृणमूल कङ्ग्रेसले यसपल्ट तेस्रोपल्ट आफ्नो सरकार गठन गर्ने ठोकुवा तिनले गरिन्। सासंद छेत्रीले भनिन्, राज्यमा फेरि ममता ब्यानर्जीनै मुख्यमन्त्री भएको देख्न पाउँ भनी सोह्र शुक्रवारको ब्रत शुरू गरेकी छु अनि तृणमूल कङ्ग्रेसले सरकार गठन गरेपछि पुन: अर्कोचोटि तिरुपतिमा गएर कपाल खौरिने छु। म विश्वस्त छु आवश्यनै तृणमूल कङ्ग्रेसले नै राज्यमा फेरि एकपल्ट सत्ता सम्हाल्ने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *