तृणमूल कङ्ग्रेस मजदुर युनियनको नगरकट्टामा बैठक

नगरकट्टा : तृणमूल कांग्रेसले समर्थन गरेको सबै चिया मजदुर संगठन व्यवस्थित नगरेसम्म चियाबारीमा तृणमूल युनियन आफैले काम गर्ने भएको छ। चिया बगान तृणमूल कङ्ग्रेस मजदुर युनियनले सबै ट्रेड युनियनलाई एकताबद्ध गर्न तृणमूल प्रमुख ममता ब्यानर्जीले दिएको निर्देशनलाई कुनै आपत्ति नरहेको बताइएको छ। आज तृणमूल कङ्ग्रेस मजदुर युनियनको केन्द्रीय समितिको बैठक नगरकट्टा आदिवासी चर्चा केन्द्रमा भएको थियो। यस बैठकमा जलपाईगढी, अलिपुरद्वार र दार्जिलिङका मजदुर युनियनका नेताहरू उपस्थित थिए।  आदिवासी जनजाति कल्याण मन्त्री र चिया मजदुर नेता बुलु चिक बडाइक यस बैठकमा मुख्य रूपले उपस्थित थिए। उत्तर बंगालको चिया कमानमा तृणमूलले पराजयको सामना गर्न परिरहेको कुरालाई ध्यानमा राखेर तराई डुवर्सको तृणमूल मजदुर संगठनले आगामी पञ्चायत चुनाउको लागि रणनीति बनाउन थालेको छ। स्मरण रहोस, हालै सम्पन्न विधानसभा चुनाउमा तृणमूल कङ्ग्रेसले डुवर्सको चिया कमान क्षेत्रबाट राम्रो मतदान पाउन सकेन। चिया बगानको लागि धेरै योजनाहरू कार्यान्वयन भएपछि पनि ट्रेड युनियनको कमजोरीहरू देखा परेको भन्दै यसलाई लिएर उक्त बैठकमा व्यापक चर्चा परिचर्चा गरियो। आगामी पञ्चायत चुनाउ अगाडी नै चिया कमानमा मजदुर युनियनलाई सुदृढ गर्ने निर्णय विएको बताइएको छ। यस बैठकमा तृणमूल श्रमिक संगठन आईएनयुटीटीसी जिल्ला अध्यक्ष जोसेफ मुण्डा, राजु गुरुङ, गणेश उराव, प्रकाश नाईक, मन्नालाल जैन, सन्दीप क्षेत्री र अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *