तृणमूल कङ्ग्रेस सांसद दिनेश त्रिवेदीले दिए राजीनामा

कोलकाता: बंगाल विधानसभा चुनाउभन्दा ठीक अघि ममता ब्यानर्जीको पार्टी तृणमूल कङ्ग्रेसलाई फेरि ठूलो झट्का लागेको छ। तृणमूल कङ्ग्रेसका सांसद दिनेश त्रिवेदीले राज्यसभाबाट राजीनामा दिए। यसबारे तिनले आज राज्यसभामा जानकारी दिएका छन्। आफ्नो राजीनामा पत्रमा दिनेश त्रिवेदीले भनेका छन्, “बङ्गालमा जुन प्रकारले हिंसा भइरहेको छ, मलाई त्यो देखेर मलाई अच्चमै लागिरहेको छ। तर मैले यहाँ बसेर सबै कुरा देखे तापनि हामी एक ठाउँमा मात्र यहाँ सीमित छौं। पार्टीको केही नियम हुन्छ। मलाई धेरै असुविधा भइरहेको महसुस गरेकोले गर्दा नै राजीनामा दिएको हुँ।सम्भवत: राजीनामा दिएपछि अब दिनेश त्रिवेदी भाजपामा सामेल हुने छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *