तृणमूल कांग्रेस युवा एकाई सौरेनी ग्राम पञ्चायत एक र दुईको संयोजक चयन

मिरिक : फुवागढीमा सम्पन्न एउटा सांगठनिक सभामा आज पुण्य राई र सरोज राईलाई तृणमूल कांग्रेस युवा एकाई सौरेनी ग्राम पञ्चायत एक र दुईको संयोजक चयन गरिएको छ। मिरिक खण्ड तृणमूल कांग्रेस युवा एकाई प्रमुख शोभन घिसिङ,  तृणमूल कांग्रेस मिरिक खण्ड अध्यक्ष अनिल छेत्री अनि सौरेनी समष्टि नेतृत्वहरूको उपस्थितिमा सौरेनी समष्टिका युवा समर्थकहरूलाई लिएर सम्पन्न सभामा युवा सङ्गठनलाई अझ दह्रिलो र शसक्त बनाउनेबारे चर्चा परिचर्चा गरियो।


युवा एकाई मिरिक खण्ड अध्यक्ष शोभन घिसिङले सौरेनी समष्टि अन्तर्गतको 23 वटा बुथ कमिटीबाट युवाहरूले सभामा अंश ग्रहण गरेको बताए। दुवै ग्राम पञ्चायतको लागि संयोजक नियुक्त गरिएको अनि दुवै संयोजकको कार्यअनुसार 23 वटै बुथ कमिटीबाट सदस्यहरू चयन गरेर सौरेनी समष्टि गठन गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *