तृणमूलद्वारा वृद्धाहरूलाई भ्रामरी देवी मन्दिरको दर्शन

सिलगढी : सिलगढी नगरनिगमको 24 नम्बर वार्डका तृणमूल युवा कांग्रेसको तर्फबाट वार्डका वरिष्ठ नागरिकहरूलाई भ्रामरी देवीको मन्दिरको दर्शन गराउन लगियो। उक्त यात्राको राज्यका पर्यटन मन्त्री गौतम देवले शुभारम्भ गरे। वार्ड तृणमूलको तर्फबाट वृद्धाहरूलाई भ्रामरी देवीको मन्दिर दर्शन गराउनको साथै गजलडोबाको भोरेर आलोको पनि परिदर्शन गराउने बताइएको छ। यसको साथै वृद्धाहरूको लागि भोजनको व्यवस्था गर्नको साथै विभिन्न कार्यक्रम एवम् खेलहरूको आयोजना पनि गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *