तृणमूलद्वारा पञ्चायत समितिका सभापतिलाई घेराउ

खोरीबारी: खोरीबारी तृणमूल युवा कांग्रेसले आज खोरीबारी पञ्चायत समितिका सभापति बादल चन्द्र सरकारलाई घेराउ गऱ्यो। खोरीबारी तृणमूल युवा कांग्रेस सभापति किशोरी मोहन सिंहले आज अपरान्ह अढ़ाई बजीदेखि पाँच बजीसम्म पञ्चायत समितिका सभापतिलाई घेराउ गरेको जानकारी दिएका छन्।  गत 25 नोभेम्बरको दिन विविध मागहरूलाई लिएर दिएको ज्ञापन अनुसार हालसम्म आफुहरूको माग पूरा नगरेकोले गर्दा नै आज पञ्चायत समितिलाई घेराउ गरेको तिनले बताए। पञ्चायत समितिका सभापतिले आफुहरूको माग चाँडै पूरा गरिदिने उचित आश्वासन दिएकोले गर्दा नै अन्तमा घेराउ कार्यक्रम समाप्त गरेको तृममूल नेता सिंहले बताए।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *