तृणमूल गठित नगरनिगम बोर्डले एक वर्ष पुरा गरेको अवसरमा प्रकाशित गरियो नगरनिगमको रिपोर्ट कार्ड

सिलगढी : तृणमूल गठित सिलगढी नगरनिगम बोर्डले एक वर्ष पुरा गरेको अवसरमा नगरनिगमको रिपोर्ट कार्ड प्रकाशित गरियो। गत 22 फरवरीमा तृणमूल गठित नगरनिगम बोर्डले एक वर्ष पुरा गर्यो। यसैको उपलक्ष्यमा आज सिलगढी नगरनिगमको तर्फबाट एउटा शोभायात्रा निकालिइयो। माध्यमिक परीक्षा आजदेखि शुरू भएकोले यसलाई ध्यानमा राखेर शोभायात्रामा माइकको प्रयोग गरिएन्। सिलगढीको बाघाजतीन पार्क अघिबाट एउटा शोभायात्रा निकालेर कलेजपाडा हुँदै सिलगढी नगरनिगममा पुगेपछि समापन गरियो। उक्त शोभायात्रामा मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, नगर चेयरम्यान प्रतुल चक्रवर्ती, नगर कमिश्नर सोनाम वाङ्ग्दी भुटिया लगायत मेयर परिषद तथा काउन्सिलरहरू उपस्थित थिए। मेयर गौतम देवले दीप प्रज्ज्वलन गरेर कार्यक्रमको शुरूआत गरे। यसपछि एउटा भीडियोको माध्यमद्वारा नगरनिगममा तृणमूलको बोर्ड गठन गरेपछि एक वर्ष अवधि सिलगढी सहरमा के-के विकासमूलक कार्यहरू गर्यो त्यस विषयमा प्रकाश पारे। यसको साथै एक वर्षको अवधिमा साधारण मानिसहरू तथा सहरको विकासको लागि के-के कार्यहरू गर्यो साथै आगामी दिनमा अझ के-के परियोजनाहरू रहेको छ त्यस विषयमा एउटा रिपोर्ट कार्ड प्रकाशित गरियो। आजको शोभायात्रा तथा कार्यक्रममा तृणमूलका सबै काउन्सिलरहरू उपस्थित रहे तापनि विरोधी पार्टीका कुनै पनि काउन्सिलर उपस्थित थिएन। यस विषयमा मेयर गौतम देवले भने, सबैलाई निमन्त्रण गरिएको थियो। तर कोही आफै आउन नचाहे त्यो तिनीहरूको व्यक्तिगत विषय हो। नगरनिगमको तर्फबाट सबैलाई बोलाइएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *