तृणमूलका आधाजसो नेता आउँदो केही दिनमा जेल जानेछन्: सायन्तन बसु

जलपाइगढी: भाजपाको राज्य महासचिव सायन्तन बसुले जलपाइगढीको नेताजीपाड़ा इलाकामा सम्पन्न एउटा कार्यक्रममा उपस्तित भएर तिनले आउँदो केही दिनमा तृणमूलका अधिकजसो नेताहरू जेल जाने दावी गरे। तिनीसित जिल्ला भाजपा अध्यक्ष बापी गोस्वामी लगायत अन्य जिल्ला स्तरीय नेताहरू पनि उपस्थित थिए।सायन्तन बसुले तृणमूलको खोइरो खन्दै ममता ब्यानर्जीले मात्र 42 आसनलाई लिएर देशका प्रधानमन्त्री बन्ने दिउँसै सपना देखिरहेको छ भन्दै ब्यङ्ग्य कसे। यसको साथै तृणमूल नेताहरूले राज्यमा जुन प्रकारले महिला तथा आम मानिसहरूमाथि अत्याचार गरिरहेका छन्, यस घटनामा आउँदो 15-20 दिनमा राज्यको आधा तृणमूल कङ्ग्रेसका नेताहरू जेल जानेछ भनी तिनले बताए। पेगाससको घटना सन्दर्भमा तिनले भने, मुख्यमन्त्री ममताद्वारा गठित जाँच कमिटी अवैध हो। मुख्यमन्त्रीले यस्तो कार्य गरेर राज्यका मानिसहरूको रूपियाँ बर्बाद गरिरहेको पनि सायन्तन बसुले आरोप लगाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *