तृणमूलका दीपक शील र ज्योत्सना अग्रवालले दिए पार्टीबाट राजीनामा

सिलगढी : सिलगढीमा तृणमूल कङ्ग्रेसलाई फेरि ठुलो झटका लागेको छ। पत्रकार सम्मेलनको आयोजना गरेर आज दीपक शील र ज्योत्सना अग्रवालले पार्टी छोड्ने घोषणा गरे। दीपक शील दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका महासचिवको पदमा थिए। पत्रकार सम्मेलनमा द्वयले आफूहरू धेरै समय अघिदेखि तृणमूल पार्टीमा रहेको तर पार्टीको वरिष्ठ सदस्यहरूको पदमा आफूहरूलाई मौका नदिएको, विभिन्न प्रकारले आफूहरूलाई अनादर गरिरहेको साथै काम गर्ने मौका नदिएकोले गर्दा नै पार्टी छोड्ने निर्णय लिएको बताए। दीपक शीलले अब तृणमूल पार्टी ममता ब्यानर्जीको कन्ट्रोल नरहेको बताए। तिनले अझ भने, आफू नगरनिगम चुनाउमा प्रार्थीको रूपमा खडा हुन चाहे तापनि सो भएन तरै पनि आफूले चुनाउ प्रचार गरे। भाजपाले बोलाए तापनि आफू भाजपामा सामेल नभएको तर आफूले तृणमूल पार्टीबाट राजीनामा दिएको तिनले बताए। अर्कोतिर, ज्योत्सना अग्रवालले हाल कुनै पनि पार्टीमा सामेल हुने आफ्नो योजना नरहेको तर आजदेखि तृणमूल पार्टी छोडेको बताइन्। दीपक शील र ज्योत्सना अग्रवालमा घमण्ड रहेको दार्जिलिङ जिल्लाका तृणमूल अध्यक्ष रञ्जन सरकारले बताए। यी दुवै पार्टीको पुराना कार्यकर्ताहरूले आफूले तिनीहरूसित कुराकानी गरिरहेको रञ्जन सरकारले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *