तृणमूलका दुष्कृतिहरूद्वारा गरिएको हमलामा दुईजना घाइते

सिलगढी : चोपडा थाना अन्तर्गत मदनभिटा गाउँमा तृणमूलका केही दुष्कृतिहरूविरुद्ध गोली र बमद्वारा हमला गरेको अभियोग उठेको छ। उक्त घटनामा मोहम्मद साजेस अली र एनामुल हक नाम गरेको दुईजना युवक घाइते भएका छन्। तृणमूलका केही दुष्कृतिहरूले उक्त इलाकामा प्रायःजसो आतङ्क मच्याउने गरेको स्थानीय मानिसहरूको आरोप रहेको छ। आज बिहान 8 बजी केही दुष्कृतिहरूले गोली र बमद्वारा आक्रमण गर्नको साथै घरहरू तोडफोड गरेको साथै पुलिसले यस घटनाबारे कुनै पदक्षेप ग्रहण नगरेको स्थानीय मानिसहरूको भनाइ रहेको छ। उक्त घटनामा दुईजना व्यक्ति घाइते भएपछि तत्कालै उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरिएको छ। यस घटनाबारे मेडिकल आउटपोस्ट पुलिसमा अभियोग दर्ता गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *