तृणमूलका नेताहरू अवैध कल सेन्टरसँग संलग्न रहेको राजु ब्यानर्जीको आरोप

सिलगढी : कल सेन्टरको नाममा महिलाहरूलाई लिएर व्यवसाय चलाइरहेको साथै उक्त घटनामा तृणमूल नेता सामेल रहेको छ। सिलगढी आएका भाजपा राज्य उपाध्यक्ष राजु ब्यानर्जीले आज उक्त टिप्पणी गरेका हुन्। तृणमूल जिल्ला अध्यक्ष रञ्जन सरकारले यी सबै आरोप निराधार रहेको बताउँदै राजु ब्यानर्जी एकजना राजनेता भएर पनि यस प्रकारको भाषाको प्रयोग गर्नु उचित नरहेको बताए। यसको साथै कुनै प्रमाणबिनै यस प्रकारको टिप्पणी गर्नु उचित नरहेको रञ्जन सरकारले बताए। सिलगढीको धेरै ठाउँमा अवैध कल सेन्टर र फ्रेन्डशिप क्लबहरू रहेको जहाँ असामाजिक गतिविधि हुने गरेको आरोप उठेको छ। पुलिसले धेरै ठाउँमा छापामार अभियान चलाएको साथै एउटी महिलाले सिलगढी पुलिस कमिशनरमा एउटा लिखित अभियोग दर्ता गरेकी छन्। यस घटनालाई केन्द्र गरेर राजु ब्यानर्जीले आज यस प्रकारको टिप्पणी गरेका छन्। यसको साथै तिनले यसको जाँच गरेर अवैध गतिविधिहरू रोक्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *