तृणमूल कार्यकर्ताहरूले नक्सलबारीको बेलगाछीमा सांसद राजु विष्टलाई देखाए कालो झण्डा

नक्सलबारी: भाजपाको दार्जीलिङका सांसद राजु बिष्ट तथा अलीपुरद्वार सांसद जोन बारलाले आज नक्सलबारी क्षेत्रहरूको विभिन्न चिया कमानहरूको पनि गरे भ्रमण। यस अवधि दुवै सांसदलाई नक्सलबारीमा स्थानीय कार्यकर्ताहरूले भव्य स्वागत जनाए। चिया कमानहरूको भ्रमण अवधि सांसद राजु बिष्टले चिया श्रमिकहरूको जमीनको पट्टा, पेयजलको व्यवस्था लगायत विभिन्न समस्याहरूको समाधान गर्नको लागि उचित पहल गरिदिने आश्वासन दिए। यसै भ्रणणको क्रममा आज बेलगाछीमा केही तृणमूल कार्यकर्ताहरूले दार्जिलिङका सांसद विष्टलाई कालो झण्डा देखाएर कोराना महामारीको समयमा आफ्नो क्षेत्रका मानिसहरूको हालचाल सोध्न समेत नआएकोमा आक्रोश व्यक्त गर्दै त्यसबेला सांसद कहाँ थिए भन्नेबारे प्रश्न गरे। यसको साथै केवल चुनाउको समयमा मात्र भाजपा नेताहरू आफ्नो सांसदीय क्षेत्रको भ्रमणमा आउने गरेको तिनीहरूले गुनासो पोखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *