तृणमूलको 23औं स्थापना दिवसमा ममता ब्यानर्जीले लिइन् मानिसहरूको निम्ति सङ्घर्ष गर्ने प्रण

कोलकाता: तृणमूल कांग्रेसको 23औं स्थापना दिवस आज पश्चिम बंगालका विभिन्न ठाउँहरूमा पालन गरियो। यस अवसरमा पार्टी प्रमुख एवं राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले मानिसहरूको लागि काम गर्ने साथै यसको लागि सङ्घर्ष गर्ने प्रण गरिन्। पार्टीका शीर्ष नेताहरूले राज्यको मुख्यालयमा पार्टीको झण्डा फहराउनको साथै मानिसहरूको सेवामा अथक परिश्रम गरेकोमा कार्यकर्ताहरूलाई आभार व्यक्त गरे। ममता ब्यानर्जीले ट्वीट गरेर भनेकी छन्, “आज तृणमूल कांग्रेसको 23 औं स्थापना दिवस हो, म 1 जनवरी 1998 मा शुरू गरेको यात्रालाई पछि फर्केर हेर्न चाहन्छु।


यो वर्ष अधिक संघर्षपूर्ण रह्यो तर यस अवधि हामीले मानिसहरूको निम्ति डटेर काम गऱ्यौ अनि आफ्नो उद्देश्यहरू हासिल गर्दै गयौ।” तिनले अझ ट्वीट गरेर भनेकी छन्, “तृणमूल कांग्रेसको स्थापना दिवसमा मां-माटी-मानुष (आमा, माटो र मनुष्य) लाई अनि आफ्नो सबै कार्यकर्ताहरूलाई अन्तर हृद्यबाट नै आभार व्यक्त गर्दछु।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *