तृणमूलको आपसी गुटबाजी, कालचिनीमा रुपियाँको बद्ली प्रार्थी चयन गरेको आरोप

कालचिनी : तृणमूलमा फेरि आपसी गुटबाजी देखापरेको छ। पञ्चायत चुनाउमा रुपियाँको बद्ली तृणमूलले उम्मेद्वार चयन गरेको आरोप लगाउँदै हिजो राति तृणमूल कङ्ग्रेसको कालचिनी ब्लक कार्यालयअघि मोदीलाइन र कालचिनी स्टेशन लाइन इलाकाका तृणमूल कार्यकर्ताहरूले विरोध प्रदर्शन गरे। तृणमूल कार्यकर्ताहरूको आरोप अनुसार तृणमूलको कालचिनी क्षेत्रका अध्यक्ष शंकर कुजूरले पञ्चायत चुनाउमा प्रार्थी खडा गर्नको लागि अधिक रुपियाँको माग गरिरहेको छ। रुपियाँको बद्ली अन्य इलाकाका मतदाताहरूलाई आफ्नो इलाकाको प्रार्थी चयन गरिरहेको छ। हिजो कालचिनी मोदीलाइन र कालचिनी स्टेशन लाइन इलाकाका तृणमूल कार्यकर्ताहरूले तृणमूल कङ्ग्रेसको कालचिनी ब्लक कार्यालय अघि विरोध प्रदर्शन गरे। यस सम्बन्धमा तृणमूल कङ्ग्रेसको कालचिनी क्षेत्रका अध्यक्ष शंकर कुजूरले भने, जिल्ला कमिटीले हालसम्म उम्मेदवारहरूको सूची घोषणा गरेको छैन। कुन उम्मेद्वारलाई चयन गरेको छ भन्ने विषयमा आफूलाई स्वयम्‌ थाहा छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *