तृणमूलको बङ्ग ध्वनि यात्राको सिलगढीमा समापन र्‍याली

सिलगढी : तृणमूल कांग्रेसको बङ्ग ध्वनि यात्राको आज सिलगढीमा समापन गरियो। यस अवसरमा सिलगढीको बाघाजतीन पार्कबाट एउटा र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि अन्तमा महात्मा गाँधी मोडमा पुगेर समापन गरियो। यसपछि बङ्ग ध्वनि यात्रा समापन गरिएकोबारे घोषणा गरियो। यस अवसरमा तृणमूल दार्जिलिङ जिल्ला सभापति रञ्जन सरकार लगायत तृणमूलका अन्य शीर्ष नेतृत्व तथा समर्थकहरू उपस्थित थिए। बङ्ग ध्वनि यात्रालाई लिएर मानिसहरूले अभूतपूर्व प्रतिक्रिया दिएको साथै उक्त यात्राले गर्दा साधारण मानिसहरू धेरै लाभान्वित हुने रञ्जन सरकारले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *