तृणमूलको द्वारे सरकार अभियान राज्यमा सफल भएको हिल तृणमूल नेता एलबी राईको दावी

मिरिक : अल इण्डिया तृणमूल कांग्रेस संस्थापक ममता ब्यानर्जी नेतृत्वधीन सरकारले राज्यवासीको निम्ति उपलब्ध गराएको विविध जनमुखी योजनाहरू जनतासामु पुर्‍याउन सफल भएको अनि जनताबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको हिल तृणमूल कांग्रेस अध्यक्ष एलबी राईले बताए। तिनले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर द्वारे सरकार (घर दैलोमा सरकार) अभियान राज्यमा 80 प्रतिशत सफल बनेको दावी गरे। राज्य सरकारले टोल-टोलमा पनि सरकार अभियान पनि शुरू गरेको जानकारी गराउँदै तिनले अब फेरि गाउँ-गाउँ, कुना-काप्चामा पुगेर राज्य सरकारद्वारा प्रदत्त साहुलियत तथा अन्य आवश्यक सेवा सुविधा प्रदान गरिनेबारे अभियान शुरू गरिने तिनले बताए। यसको निम्ति स्वयं सेवकहरू पनि खटाइ सकिएको तिनले जानकारी दिँदै राज्य सरकारद्वारा शुरू गरिएको विकासमूलक कार्यहरूको आँकडा बताउँदै मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यवासीको निम्ति गरेका सुख सुविधाहरूमाथि पनि प्रकाश पारे। राज्य सरकारले शरू गरेको टोल-टोलमा पनि सरकार अभियानले यहाँको सबै सुदूरवर्ती क्षेत्रहरूका प्रत्येक नागरिकहरूले सहयोग अनि सुविधा पाउन सकोस् भन्ने उद्देश्य लिएर राज्यका सामुदायिक तहका समस्याहरू 341 वटा ब्लक, 118 वटा नगरपालिका अनि 7 वटा नगरनिगममा लागू गरिएको जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *