तृणमूलको पक्षमा मतदान नगर्ने वाम नेता अशोक भट्टाचार्यद्वारा सहरवासीलाई अपील

सिलगढी : सिलगढीमा एकजना युवकलाई अपहरण गरेको मामिलामा संलग्न रहेको आरोपमा तृणमूलका 2 जना कार्यकर्तालाई पुलिसले पक्राउ गरेको छ। वाम नेता अशोक भट्टाचार्यले उक्त घटनाको तीव्र निन्दा गरे। आज सीपीएमको पार्टी कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर वाम नेता अशोक भट्टाचार्यले तृणमूल कङ्ग्रेसको तल्लो स्तरदेखि लिएर उच्च स्तरका सबैजना भ्रष्टाचारग्रस्त रहेको आरोप लगाए। हालसम्ममा कटमनी तथा वसुलीमा तृणमूल कङ्ग्रेसको नाम आउने गर्थ्यो तर अब तृणमूल कङ्ग्रेस अपहरण काण्डमा पनि जडित रहेको कुरा अघि आएको तिनले बताए। यस प्रकारको घटनाले गर्दा सहरका मानिसहरू असुरक्षित रहेको बताउँदै तिनले आउँदो नगरनिगम चुनाउमा तृणमूल कङ्ग्रेसलाई मतदान नगर्ने सबैसित अपील गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *