तृणमूलको ऱ्यालीमा जामको समस्या

सिलगढी : सिलगढी शहरमा जामको समस्याले गर्दा तृणमूल कांग्रेसद्वारा निकालिइएको ऱ्याली केही समयको लागि रोकियो। सिलगढी नगरनिगमको 42 नम्बर वार्डको विभिन्न समस्याहरूको समाधान गरिदिने मागलाई लिएर तृणमूल कर्मीहरूद्वारा आज एउटा ऱ्यालीको आयोजना गरिएको थियो।


उक्त ऱ्याली सिलगढीको गोष्ठ पालको सालिगबाट शुरू गरेर विधान रोड हुँदै नगरनिगमतर्फ गइरहेको समय सड़कमा जामको समस्याले गर्दा धेरै समयसम्म उक्त ऱ्याली रोकिएर अघि बढ्न नसकेको बताइएको छ। तथापि पछि सड़कमा जाम हटेपछि ऱ्याली पुन: अघि बढ़ेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *