तृणमूलको श्रमिक संगठन आईएनटीटीयुसी-को तर्फबाट मई दिवस पालन

राजगञ्ज : आज अन्तर्राष्ट्रिय मई दिवस हो। तृणमूलको श्रमिक संगठन आईएनटीटीयुसी-को तर्फबाट आज राजगञ्जमा मई दिवस पालन गरियो। तृणमूलको श्रमिक संगठनको तर्फबाट विभिन्न ठाउँहरूमा झैँ यता राजगञ्ज ब्लकको फाटापुकुर, करतोआ लगायत विभिन्न कारखाना अघि संगठनको झण्डा उत्तोलन गरेर मई दिवस पालन गरियो। यस अवसरमा आईएनटीटीयुसी ब्लकका अध्यक्ष मोहम्मद सोलेमान, उपाध्यक्ष मृगेन राय, रकिमूल हक लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *